काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित भएको हो ।
एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो । बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने लगायत सहभागी छन् ।




















