काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग अहिले केही बेरमा छलफल गर्दै छन् । राष्ट्रपति पौडेलले आज विहान ८ः३० राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक राखेका हुन् ।
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ । संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।
उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।


