फाईल तस्बिर
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउन ढिला हुने भएपछी सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठक सारिएको छ । प्रधानमन्त्री दाहालले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको हो ।
सुर्खेतमा रहेका प्रधानमन्त्री दाहाल मौसममा आएको खराबीका कारण काठमाण्डौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि आइतबार पनि बैठक बसेको थियो ।




















