एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्त, अफगानिस्तानको अन्तरिम तालिवान सरकारभित्र पनि प्रवेश गरेको खुलेको छ ।
अफगानिस्तानमा एक तालिवान कमाण्डरलाई उनको अंगरक्षकले गोली हानी मारेको घटनाको अनुसन्धान गर्दै जाँदा उनको हत्या गर्ने ती अंगरक्षक आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तसँग सम्पर्कमा रहेको खुलेको थियो ।
आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तको यो आन्तरिक गठबन्धन अफगानिस्तानको कुन्दज प्रान्तमा तालिवान कमाण्डर शमिउल्लाह नफिजको आफ्नै घरमा मारिएपछि प्रकाशमा आएको हो ।
तालिवान उच्च कमाण्डले यो हत्यालाई अत्यन्तै अप्रिय लागेको जनाएका छन् किनभने समिउल्लाह नफीज तालिवानको लागूऔषध विरोधी अभियानका प्रमुख थिए र उनीसँग भारी सुरक्षा व्यवस्था थियो ।
उनको पूरै घरमा राखिएका सिसिटिभी फुटेज जाँच गर्दा यो हत्याको रहस्य खुल्यो । जब तालिवान कमाण्डर र उनको टोलीले यो सीसीटीभी फुटेज देखे,उनीहरूले पाए कि जब समिउल्लाह नफिज आफ्नो घरको बैठकबाट आफ्नो शयनकक्षमा जाँदै थिए तब पछाडि आएका उनका अंगरक्षकले उनलाई गोली हानेर भागेका थिए ।
अनुसन्धानका क्रममा समिउल्लाह नफीजका अंगरक्षक आतङ्ककारी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तका केही व्यक्तिसँग सम्पर्कमा रहेको पत्ता लागेको थियो । यो पनि रोचक छ कि यो अंगरक्षक लामो समय देखि उनको साथमा थिए र तालिवानमा सबै भन्दा राम्रो लडाकुहरु मानिने गरिएको थियो ।
अहिले तालिवानको आत्मघाती टोलीले यो अंगरक्षकको खोजी गरिरहेको छ । तर यस घटनाले इस्लामिक स्टेट खोरासान प्रान्तको जरा अफगानिस्तानको अन्तरिम तालिवान सरकार भित्रै रहेको प्रमाणित गरेको छ ।
यस्तो अवस्थामा तालिवान कमाण्डरहरूले आगामी दिनमा ठूलो बोझको सामना गर्नुपर्ने हुनसक्छ । यसअघि पनि इस्लामिक स्टेट खोरासान प्रान्तले सार्वजनिक रूपमा नै आफ्ना मानिसहरू तालिवानभित्र रहेको र समय आएपछि उनीहरूले आफ्नो रूप देखाउने बताएको थियो ।


