काठमाण्डौं । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार डा. देवीप्रसाद सुवेदीको मनु, सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य उत्कृष्ट ५ पुस्तकमा परेका हुन् ।
दोस्रो चरणमा १५ पुस्तकबाट उत्कृष्ट ५ पुस्तक छनोट गरिएको हो । अब यी ५ मध्येबाट उत्कृष्ट १ पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ ।
पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए ।



