बर्दिया । जिल्लाको सानोडाँफेमा आफ्नै श्रीमतीको हत्या गरेका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनार भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
कृपालले आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको प्रहरीले जनाएको छ । आरोपित कृपाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने स्थानियले प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।



