काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले बिच आज छलफल भएको छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा भएको भेटमा सभामुखले संसद्मा जारी अवरोध र त्यसको समाधानका विषयमा छलफल गर्न गरेका हुन् ।
प्रधानमन्त्री र सभामुख बिच शुक्रबार बिहान ९ भेटघाट गरी छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर भित्रिएको तस्करीको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध पुर्याउँदै आएको छ ।
एमालेको अवरोधका कारण साउन १० गते यता दुवै सदनका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकी रहेको छैन ।
पछिल्लो समय सदनमा एमालेले गरिरहेको अवरोधसँग सभामुख घिमिरेको भूमिकालाई लिएर समेत प्रश्न उठन थाले पछि उनले आज प्रधानमन्त्री संग भेट गरेको हुन् ।
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख घिमिरेको भूमिका निष्पक्ष नभएको र उनले दलीय पक्षधरता देखाएको भन्दै सार्वजनिक असन्तुष्टि जाहेर गरिरहेको छ । घिमिरे नेकपा एमालेबाट सभामुख निर्वाचित भएका हुन् ।




















