फाईल तस्बिर
काठमाण्डौ । आज पनि सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनवाइ स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै उमेर यकिन गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि यकिन गर्न आदेश दिएको हो ।


