काठमाडौ । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।
अल हिलालसँग नेयमारले २ वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३०० मिलियन डलर प्राप्त गर्ने छन् ।
यो अहिलेसम्मकै सर्वाधिक रकमको सम्झौतासमेत हो । बार्सीलोनाबाट २०१७ मा पीएसजीमा आउँदा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।




















