साँकेतिक तस्बिर
काठमाडौ । नेपाल आयल निगमले आजदेखी लागु हुने गरी इन्धनको मूल्य बढाएको छ ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले प्रतिलिटर डिजेल र मट्टितेलमा १४ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल तथा डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल तथा मट्टितेल १५३ रुपैयाँ थियो ।


