कठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा अन्य २ जना सदस्य मनोनीत गरिएको छ ।
एमालेको सचिवालय बैठकले स्थापित र यादवको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनयन गर्ने निर्णय गरेको हो ।
स्थापित र यादवलाई हिजो नै केन्द्रिय सदस्यबाट बिदाई गरिएको थियो ।


