काठमाडौं । राजस्व अनुसन्धान विभागले साउन २ गते पक्रेको सुन गाल्ने प्रक्रिया सुरु भएको छ । तस्करी गरेर ल्याइएको सुन राष्ट्र बैंकले आजबाट गाल्न सुरु गरेको हो ।
केहिबेरमै सुन गाल्न सुरु गरिने राष्ट्र बैंकका टक्सार महाशाखा जनाएको छ । अहिले राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान विभागबाट प्रतिनिधि आइसकेकोले अबको केहिबेरमा पगाल्ने काम सुरु हुनेछ ।
सुन गालेको प्रत्यक्ष रुपमा सार्वजनिक गर्न भने सुरक्षाको दृष्टिकोणबाट असहज हुने भएको यस अघि प्रत्येक्ष प्रशारण गर्ने भनिएको कार्यक्रम भने रद्व गरिएको छ । विभागले पक्रिएको ब्रेक सु मा सुन भेटिएपछि भन्सार विभागले सुन यकिन भएपछि अनुसन्धान विभागले राष्ट्र बैंक पठाएको थियो ।
सुन पक्रिएको २७ दिनपछि मात्रै गाल्न सुरु गरिएको हो । सुन गाल्नु अघि प्रकृयाको विषयमा बैंक, सीआईबी र अनुसन्धान विभागको सयुंक्त बैठक बसेको थियो ।


