×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

महासङ्घको शुद्धीकरण अभियान

  •  गोरखा समाचार
  • आइतबार, साउन २८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बिपुल पाेख्रेल

    पत्रकार आचारसंहिताको पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने कर्तव्य अन्तर्गतको बुँदा १५ मा ‘गल्ती सच्याउन तत्परता’ लेखिएको छ । यसको अर्थ पत्रकारिता क्षेत्र सधैँ आफूबाट केही गल्ती भएमा त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्छ भन्ने नै हो । पत्रकार आचारसंहितामा यो बुँदा त्यसै राखिएको पक्कै पनि होइन, यसका पछाडि ठुलो दर्शन छ । पत्रकारिता क्षेत्र सधैँ उत्तरदायी रहनु पर्छ र रहन्छ भन्ने कुराका सुनिश्चिततासँग यो बुँदा जोडिएको छ । पत्रकारिता क्षेत्रलाई निरन्तर विश्वसनीय बनाई राख्न यो बुँदाले सहयोग गर्दछ । गल्ती गर्दै जाने र त्यो गल्तीलाई ढाकछोप गर्न अरू १० वटा गल्ती गर्ने हो भने नागरिकले त्यस्तो सञ्चार माध्यमलाई विश्वास गर्दैन ।

    पत्रकारिता क्षेत्र राज्यलाई उत्तदायी बनाउन, समाजलाई पारदर्शी बनाउन र हरेक नागरिकको सूचना पाउने अधिकारलाई प्रचलनमा ल्याइराख्न निरन्तर क्रियाशील भइरहेको हुन्छ । पछिल्लो समयमा पत्रकारिताले संसद्ले भन्दा पनि बढी सरकारको निगरानी र खबरदारी गरिरहेको पाइन्छ । संसद्ले सरकारलाई खबरदारी गर्छ भन्ने मान्यता राखिन्छ र त्यो काम संसद्ले गर्छ पनि । संसद्ले खबरदारी गर्नका लागि संसद्को बैठक बस्नु पर्छ । बैठकको विषय मिल्नु पर्छ तर पत्रकारिताले सरकारलाई निरन्तर खबरदारी गर्न सक्छ । पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा यसै कारण पनि स्वीकारिँदै आएको हो । त्यति मात्रै होइन, लोकतन्त्रलाई जीवन्त बनाई राख्न अन्तर्क्रियात्मक समाज आवश्यक पर्दछ । जुन काम पत्रकारिताको हो । समाजमा उब्जने भ्रमलाई चिर्दै सत्य स्थापित गर्ने दायित्व र क्षमता पत्रकारिता क्षेत्रले मात्र राख्छ भन्दा अनुपयुक्त पक्कै हुँदैन ।

    विशाल महत्व राख्ने पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाई राख्न आवश्यक छ । पत्रकारिताले आलोचनात्मक चेत र विश्वसनीयता गुमायो भने त्यहाँ पत्रकारिताको मूल्य र आदर्श नै मर्दछ । त्यस कारण पत्रकारिताले समाजले आफूलाई कसरी लिइरहेको छ भन्ने कुराको जानकारी राख्नु पर्दछ र आवश्यक परेमा आचारसंहिताले भने झैँ सच्चिन तयार हुनु पर्दछ ।

    नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ नेपालको पुरानो संस्थाका रूपमा समेत चिनिन्छ । यो संस्थाको निश्चित लक्ष्य र उद्देश्य छन् । तीमध्ये पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न र आफूभित्रको सुधारका लागि अग्रसर हुनु पनि एक हो । यही क्रममा महासङ्घले अहिले सदस्यता शुद्धीकरणको अभियान नै थालेको छ । गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न महासङ्घको केन्द्रीय साधारण सभाले सदस्यता शुद्धीकरणको सङ्कल्प गरेको थियो र त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यक निर्णयहरू पनि लिएको थियो । शुद्धीकरण मापदण्ड निर्माण गरेर केन्द्रीय समिति र लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनले त्यो मापदण्डलाई अनुमोदन गरेपछि अहिले त्यो कार्यान्वयनको चरणमा छ । शुद्धीकरण मापदण्डको ७ नं. को बुँदामा भनिएको छ, ‘सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा तीन वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिलाई स–सम्मान बिदाइ गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने ।’ मापदण्डको एउटा मूलपक्ष यो हो । महासङ्घलाई क्रियाशील पत्रकारको संस्था बनाउने र पत्रकार महासङ्घमा विगतमा योगदान पु-याउनुभएका र हाल विभिन्न कारणले पत्रकारितामा योगदान दिन नसक्नु हुनेको हकमा उहाँहरूलाई स–सम्मान बिदाइ गर्ने भन्ने नै हो । पत्रकार महासङ्घको विधानमा साधारण सदस्य र मानार्थ सदस्यको व्यवस्था छ । त्यसरी सम्मान गर्नुपर्नेलाई विधान अन्तर्गत मानार्थ सदस्यता प्रदान गरेर परिवारकै सदस्यका रूपमा रहने अवसर पनि दिन सकिन्छ ।

    त्यसै गरी मापदण्डको बुँदा नं. १० मा भनिएको छ, ‘जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामती, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगमार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, वित्तीय (सहकारी, बैङ्क, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेसामा आबद्ध भएको वा मुख्य पेसा, व्यवसाय अन्य बनाएर कहिलेकाहीँ मात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।’ यो बुदाँले समाजले पत्रकार भनेर स्वीकारेकाहरू मात्र यो संस्थाको सदस्य बनून् भन्ने चाहना राखेको छ भने बुँदा नं. ८ ले राजनीतिक संलग्नता भएकालाई पनि महासङ्घको पदाधिकारी र सदस्य नहुनुका लागि भनेको छ ।

    सो बुँदामा उल्लेख छ, ‘महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी तथा सदस्य राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध सङ्घसंस्थाका हकमा भने यो व्यवस्था लागु हुने छैन ।’ पत्रकार भएकै कारण प्राप्त भूमिकामा रहेकाहरूका हकमा भने मापदण्ड उदार छ ।

    जो पनि पत्रकार ? नलेख्ने पनि पत्रकार ? जे पायो त्यही लेख्ने पनि पत्रकार ? यस्ता प्रश्नहरूको सामना पत्रकारिता क्षेत्रले र पत्रकारहरूका सङ्गठनहरूले गर्दै आएका छन् । प्रश्न उठेपछि समाधान दिनु पर्दछ । महासङ्घले यही धर्म मानेर शुद्धीकरण अभियान चलाएको हो । यो अभियानमा महासङ्घका सबै संरचना र सदस्य जोडिएका पनि छन् । यो सकारात्मक पक्ष हो ।

    पत्रकार महासङ्घले किन आफूलाई सुधारको बाटोमा लग्न चाह्यो त ? यो प्रश्न पछाडिको गाम्भीर्यताको बारेमा पनि चर्चा हुन जरुरी छ । आज राज्यका सबै अङ्ग र संस्थाहरू कमजोर प्रतित भइरहेका छन् । राज्यका संरचना जति बलियो बन्दै जान्छन्, नागरिकले लोकतन्त्रको लाभ त्यति सहज रूपमा पाउन सक्छन् भन्ने विश्वास गर्ने गरिन्छ । राज्यको सबैभन्दा तलको तर महत्वपूर्ण एकाइ भएको एउटा व्यक्ति हो । राज्य संरचनाको सबलताको कुरा गर्दा हरेक नागरिकहरू सबल हुन सकून्, संवैधानिक अधिकारको निर्वाध प्रयोग गर्न सकून् भन्ने हो । त्यसका लागि राज्यका सबै संरचना बलिया, प्रभावशाली, विधिको आधारमा सञ्चालित हुने हुनु पर्दछ तर आज त्यस्तो अवस्था छैन ।

    सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय मात्र होइन, कर्मचारीतन्त्रदेखि व्यावसायिक क्षेत्रको भूमिका र प्रभावकारिता माथि पनि प्रशस्तै प्रश्न उठेका छन् । पत्रकारितामाथि पनि प्रश्न उठेका छन् । शुद्धीकरणको अभियानसँगै पत्रकार महासङ्घले आफ्नो संस्थालाई क्रियाशील पत्रकाको संस्था बनाउने र पत्रकारिताका विषयवस्तु पनि क्रियाशील हातहरूले तयार पार्ने परिवेश निर्माण गर्न अग्रसर छौँ भन्ने सन्देश दिएको छ ।

    कमजोर बन्दै गएका राज्य संरचनालाई बलियो बनाउन र अन्य क्षेत्रलाई पनि प्रभावकारी बनाउँदै लोकतन्त्रको लाभ नागरिक तहसम्म पु-याउने कुराको सुनिश्चितताका लागि दबाब दिन सक्ने पत्रकारिता क्षेत्र मात्र हो । खबरदारी गर्ने, रचनात्मक सुझाव र दबाब दिने तथा समाजलाई अन्तर्क्रियात्मक बनाउँदै खबरदारी गर्नका लागि उत्प्रेरित गर्ने भूमिकामा पत्रकारिता जहिले पनि क्रियाशील रहन्छ । अरू क्षेत्रलाई सच्चिनका लागि दबाब दिने क्षेत्र आफैँमा समस्या रह्यो भने त्यो क्षेत्रले दिएको दबाबको नैतिक मूल्य कस्तो रहला भन्ने प्रश्न उठ्छ । पत्रकारिता क्षेत्रमा सुधारको यो अभियानले सिङ्गो देशलाई झक्झक्याउन र आवश्यक ठाउँमा सुधारका लागि प्रेरित गर्न सक्ने विश्वास लिन सकिन्छ । अन्य क्षेत्रको सुधारका लागि औँला देखाउँदै गर्दा आफूप्रति अरू औँला नतेर्सिऊन भन्ने सजगता पनि यो शुद्धीकरण अभियान हुन सक्दछ । सबै क्षेत्रलाई यसरी नै आफूलाई समीक्षा गर्ने र आवश्यक परेमा सुधारको बाटोमा हिँड्ने प्रेरणा पनि यो अभियान हुन सक्छ ।

    तत्कालीन अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए : “मलाई कसैले सरकार र पत्रकारितामध्ये एक रोज्न भन्यो भने मैले एक मिनेट पनि नसोची पत्रकारिता रोज्छु ।” यो अभिव्यक्तिले पत्रकारिताको महत्वलाई मात्र दर्साउँदैन, बुझेका शासकले पत्रकारितालाई देश परिवर्तनको एउटा महत्वपूर्ण सहयात्रीका रूपमा पनि लिँदा रहेछन् भन्ने कुरालाई समेत प्रस्ट पार्दछ तर यसका लागि आचारसंहिताको पालना गर्ने पत्रकार र मर्यादाको परिधिभित्र प्रवाह भइराख्ने पत्रकारिता आवश्यक हुन्छ । पत्रकारितामा यस्तो अभियानको आवश्यकता सधैँ रहन्छ ।

    copy by gorkhapatraonline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.