गोरखा । गोरखा अश्राङका समाजसेवी कालिका पाण्डेको आज असामहिक निधन भएको छ । शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समय क्रियाशिल रहेका पाण्डेको आज बिहान काठमाण्डौंमा उपचारका क्रममा निधन भएको हो ।
केही समयदेखि पोस्टेड क्यान्सर रोगबाट पिडित पाण्डेको ५८ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय पाण्डे अश्राङमा रहेको नवजागृति चण्डी माध्यामिक विद्यालयका संस्थापक अघ्यक्ष हुन भने ३ कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भएका थिए ।
हाल उनी विद्यालयको सल्लाहकार भएको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।
स्वर्गिय पाण्डेको १ छोरा र १ छोरी छन् । उनी नेकपा एमाले अश्राङ पार्टी कमिटिको अध्यक्ष रहेर समेत लामो समय काम गरेका थिए ।




















