गोरखा । लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवानबावु मास्के सम्मानित भएका छन् । मास्केलाई आज सदरमुकाममा रहेको ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालयको गोरखा शाखा कार्यालयले सम्ममान गरेको हो ।
अध्यक्ष मास्केलाई बिद्यालय सञ्चालिका पबित्रा दिदीले खादा, फुलमाला र नेपाली ढाँका टोपी लगाएर सम्मान गरेकी थिईन । सञ्चालिका पबित्राले सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत प्रदान गरेकी थिईन ।
मास्के लायन्स क्लब अफ गोरखाको सन २०२३/०२४ को अध्यक्ष चयन भएर हालै मात्र पदभार ग्रहण गरेका थिए ।




















