गोरखा । नेपाल बिद्यार्थी संघ गोरखाको कार्यवाहक अध्यक्षमा शिवहरी तिमल्सिनालाई प्रदान गरिएको छ । जिल्ला अध्यक्ष सुवास अधिकारीले आज तिमल्सिनालाई कार्यवाहक अध्यक्ष दिएको हो ।
अध्यक्ष अधिकारी हालै गठित नेपाल बिद्यार्थी संधको केन्द्रिय तदर्थ समितिको केन्द्रिय सदस्यमा चयन भए पछि उपाध्यक्ष तिमल्सिनालाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं संशोधन २०७५ बमोजिम नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका उपाध्यक्ष तिमल्सिनालाई अधिकारसम्पन्न कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरेको पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारीले तिमल्सिनालाई शनिबार नेपाली काँग्रेसको तिनधारेमा रहेको पार्टी कार्यालयमा जिल्ला सचिवलाई रोहवरमा राखेर कार्यवाहक अध्यक्षको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।





















