गोरखा । गोरखामा पहिलो पटक अजिङ्गर फेला परेको छ । गण्डकी गाउँपालिका–६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ र गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक जोड्ने मोटरेवल पुल मुनी त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको उनले बताए ।
अजिङ्गर फेला परेको स्थानमा प्रहरी सहितको टोली पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको छ ।




















