ईलाम । जिल्लाको सूर्योदय नगरपालिका–२ को सयपत्री टोल डेरा गरी बस्ने १ जना युवकले आफ्नो श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका–७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङ रहेको ईलाम प्रहरीले जनाएको छ ।
पूर्णबहादुरले आफ्नै श्रीमती ४५ वर्षीया डम्बरकुमारी तामाङलाई घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादमा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सम्वन्धमा अनुसन्धान थालेको जनाएको छ ।



