गोरखा । जिल्लाको भुम्लीचोककी १ महिला ठगी आरोपमा राजधानीबाट पक्राउ परेकी छिन । गण्डकी गाउँपालिका–६ भुम्लीचोककी ५० बर्षिया मायाँ पुलामी मगरलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी मायाँले पोर्चुगल पठाईदिने त्यहाँ रहेको कृषि कम्पनीमा जागिर खादा मासिक १ लाख २० हजार आम्दानी हुने प्रलोभनमा पारी पिडितबाट १६ लाख असुल गरेको प्रहरीले आरोप लगाएको छ ।
पिडितलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम लगेको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । विभागले आरोपित ब्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरे लगत्तै मायाँलाई राजधानीको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरीएको थियो ।
पक्राउ परेकी मायाँका सम्वन्धमा अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं चलान गरीएको प्रहरीले जानकारी दिएको छ ।



