पोखरा । पोखरामा २४ तोला सुनसहित १ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय बैदामले झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई नियन्त्रणमा लिएको बैदाम प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरिक्षक वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी महिलाले उक्त सुन कहाँबाट ल्याएको हो र कहाँ लैजान लागेकोभन्ने कुरा नखुलाएका कारण थप अनुसन्धानबाट मात्र उक्त कुरा पत्ता लाग्ने प्रनाउ जोशीले जानाकारी दिए ।
पक्राउ परेका ति महिलालाई अहिले बैदाम स्थित वडा प्रहरी कार्यालयमा राखिएको छ ।


