साँकेतिक तस्बिर
सुनसरी । आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका–२ का अर्जुन कामत भएको पुष्टी भएको छ । कामतले आफ्नै छोरी २० वर्षीया छोरी राधिका कामतलाई विष खुवाएर हत्या गरेको आरोप प्रहरीले लगाएको हो ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार मंगलबार राति मदिराले मातेका अर्जुनले छोरी राधिकालाई तरकारीमा हाल्ने विषादी जबरजस्ती खुवाएका थिए ।
विष खाएपछि बिरामी परेकी राधिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो ।
स्थानीयले दिएको जानकारी अनुसार सधै मदिराले मातेर अर्जुनले राधिकालाई कुृटपिट गर्न थालेपछि केही समयदेखी साथीको घरमा बासबस्न जाने गरेकी थिइन् । त्यही निहुमा राधिकाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
‘ठुलो भईसकेकी छोरी अर्काको घरमा गएर बस्दा आफ्नो इज्जत जाने भन्दै छोरीलाई विष खुवाएको प्रहरीले प्रारम्भीक अनुसन्धानमा फेला परेको जनाएको छ ।



