एजेन्सी । हलिउड अभिनेता रोबर्ट डी नीरोले आफ्ना १९ वर्षीय नाती लिएन्ड्रो डी नीरोलाई गुमाएका छन् । लिएन्ड्रोको करिव एक महिनाअघि निधन भएको हो ।
१९ वर्षको कलिलो उमेरमा उनले संसार छाडेका हुन् । कलिलो उमेरमा भएको उनको निधनले सबैलाई शोकाकूल बनाएको छ ।
यसैबीच, एक महिनापछि उनको निधनको कारण पत्ता लागेको छ । औषधिको एक्सीडेन्टल ओभरडोजको क्रममा लिएन्ड्रो डी नीरोको निधन भएको बताइएको छ ।
टक्सिक औषधि मृत्युको कारण
न्यूयोर्क सिटी मेडिकल एक्जामिनरका अनुसार अभिनेता रोबर्ट डी नीरोका नातीको मृत्यु नक्कली अक्सीकोडोनको चक्कि सेवन गर्नाले भएको थियो, जसमा फेन्टेनिल फेला परेको थियो । भनिन्छ, लिएन्ड्रो डी नीरोले आफ्नो निधन हुनुभन्दा अघि यो टक्सिक औषधि किनेका थिए । जसको एक्सीडेन्टल ओभरडोजका कारण उनको ज्यान गएको हो ।
अहिले यो घटनाको दोषिको रुपमा एक महिलालाई पक्राउ गरिएको छ । लिएन्ड्रोकी आमाले पनि उक्त विषालु औषधि बेच्ने युवती, जसले औषधिको बारेमा थाहा हुँदा–हुँदै पनि आफ्नो छोरालाई औषधि बेचेकी हुन् भन्ने आरोप लगाएकी छिन् ।
नक्कली औषधि बचेको आरोपमा पक्राउ परेकी ती महिलालाई नशालू पदार्थ बिक्रि गरेको भन्ने मुद्दा लगाइएको छ ।




















