गोरखा । गोरखाकी पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो अग्लो हिमालको सफल आरोहण गरेर नेपाल फर्कीएकी छिन् । फोटो पत्रकार श्रेष्ठले पाकिस्तानको के २ (K2) हिमालको आरोहण गरेर बुधबार बिहान स्वदेश फर्केकी हुन् ।
.jpg)
श्रेष्ठले ११ साउनमा ८ हजार ६११ मिटर अग्लो के २ (K2) हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
उनले नेपालका ८ हजार मिटर अग्ला ८ मध्ये ७ वटा हिमालको आरोहण गरिसकेकी छन् ।
तस्बिर सुशिल श्रेष्ठ



