रोल्पा । रोल्पामा भएको बस दुर्घटना परी ४ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
ज्यान जानेमा रोल्पाको माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ । बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो ।




















