×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

१२ वर्ष पहिलेको डायरीबाट (स्योदेखि सामागाउँसम्म)

  •  गोरखा समाचार
  • सोमबार, साउन २२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २०६८ कार्तिक २६ गते शनिबार यथासमयमै उठेर नुन चिया र ऊवाको सातुको बिहानी खाजा खाई ६:३० बजेतिर यात्रा अघि बढाइयो । त्यो होटेल त्यही गाउँ विकास समितिका प्रविधिक सहायकको रहेछ । आगो फुक्न पनि सुनारले गहना बनाउँदा प्रयोग गर्ने मेशिनले फुक्ने व्यवस्था मिलाइएको रहेछ, राम्रो लाग्यो ।

    करिब एक घण्टाको हिँडाइपछि गाउँ विकास समितिको भवनमा पुग्यौँ । अन्यत्र जस्तै त्यहाँ पनि पानी नआउने = संविधानको धारा जस्तो धारो रहेछ । भवन भने उपयुक्त नै पाइयो । त्यहींका सचिव चेतप्रसाद अमगाईं हाम्रै सहयात्री भएकाले तपाइँ नहुँदा पनि प्राविधिक सहायकबाट दैनिक कार्यसञ्चालनको व्यवस्था गर्नु, राष्ट्रिय झण्डा गाड्नु, धारामा पानी आउने व्यवस्था मिलाउनु जस्ता सुझाव गरी अघि बढ्यौँ । ५ मिनेटकै हिँडाइपछि बहुत राम्रो रङ्गीन जङ्गल (हरिया, राता, पहेँला … रुखहरू भएको) दृष्टिगोचर हुनपुग्यो – प्राकृतिक कलाकर्मिता ! अरू १५ मिनेटको यात्रापछि ७:५० बजेतिर ल्हो (३१४० मीटर) गाउँमा पुग्यौँ । त्यहाँ फेरि पानीका धाराहरूबाट अविरल पानी बगिरहँदो रहेछ र हिँड्ने बाटोसमेत हिलो भई अनपेक्षित फोहोर भएको पाइयो । सायद गाउँघरमा शौचालयको बन्दोबस्त रहेनछ क्यारे वा प्रयोज्य नभएर हो ! साना बच्चाहरूले सडक किनारमै दिसा गरेको देखिन्थ्यो । जबकि रङ्गीचङ्गी ध्वाजापताका/झण्डाहरू र तोरणहरूले माथि गुम्बासम्म सजाइनु, बायाँपट्टि रङ्गीन जङ्गल हुनु र अन्यत्रको तुलनामा धाराहरू उपयुक्तै हुनुले ल्हो गाउँ सोचेभन्दा राम्रो लाग्यो । लामो आकारको गुम्बा स्कुल, होटेल टासी देलेकले पनि गाउँको शोभा थप गरिरहेझैँ लाग्दथ्यो । बिहानको कलिलो घामको प्रकाशमा वास्तवमा ल्हो गाउँ पर्यटकार्षक देखिन्थ्यो । हामीहरू स्यालाको उकालो सहजसँग कटाउने ध्येयले विस्तारै यात्रा अघि नै बढाइएकोले दूरदर्शनमा मात्रै सीमित रहेकोमा अहिले पनि पश्चाताप लागिरहेछ – गुम्बा र गुम्बास्कुलको निरीक्षणावलोकन गर्न नपाएकोमा ।

    हामीले स्यालाखोला तर्दा ८:३० बजेको थियो । काठेपुल तरिएको त्यो खोलाका ढुङ्गाहरू पहेँला थिए । त्यहाँबाट उकालो सुरु हुँदोरहेछ । बिचमा पैरोको कारण बाटो खराब रहेछ भने बिजुलीको पावरहाउसकै वरिपरि पानीघट्टझैँ माने (माने, पामे, हुम) घुमाएको देखिन्थ्यो । करिब १,५०५ पाइलाको उकालो हिँडाइपछि स्याला पुग्यौँ । त्यहाँ पुग्दास ९:४५ बजेको थियो । हिजो बेलुका स्यालाको उकालोमा कुनै असजिलो नभएमा लार्केपासमा बल गरे हुन्छ, नत्र नजानु होला भनेको स्मरण हुँदा सहयात्रीहरूबिच लार्के पनि सहजै पार गरिने परिकल्पनाहरू भए । तस्वीरहरू खिचाइयो । घोडाका बछेडाले पोलिथिन पाइपको धारामा पानी पिइरहेको थियो । नवनिर्माणका कार्यहरू धमाधम भैरहेका थिए, जसको परिणाम २/४ वर्षपछि त्यहाँ खाने बस्ने राम्रो सुविधाहरू उपलब्ध हुने अनुमान गर्न सकिन्थ्यो ।

    हामीहरू १०:२० बजेसम्म ठिङ्ग्रेसल्ला – जसबाट क्यान्सरको औषधि बन्ने चर्चा सुनिन्छ, को जङ्गल पार गरी काठको साँगुबाट खोला तरियो । खोलैनेर बाटो खराब थियो भने उकालोका खुड्किलाका छेउ/डिलहरू सल्लाका काठबाट बनाइएका थिए । त्यहाँ नयाँ पुल पनि बन्दै थियो ।
    हामीहरू ११ बजे गौरीशङ्कर प्राथमिक विद्यालयमा पुग्यौँ । छात्रवासमा बस्ने केटाकेटिहरू खाना खाँदै थिए । हामीलाई लिन घोडाहरू पठाइएकोले सामा गाउँसम्म ‘पोनी ट्रेक’ – घोडेयात्रा गरियो । विद्यालय भवन नीलो जस्तापाताले छाइएको, हेर्दै चिटिक्क परेको थियो । सवा एघारबजेतिर हिँड्दै गर्दा नदीपारि एकनासका घरहरू देखिन्थे भने साना बच्चाहरूले आफूभन्दा ठूला दाउराका भारी बोकेका देखिन्थ्यो, जसले निर्वाध बालसुलभ शिक्षाको अवसर सहज उपलब्ध भैरहेको प्रमाणित गर्न नसकिएको प्रतीत हुन्थ्यो । पौने बाह्रबजे हामीहरू सामा गाउँ पुग्यौँ । पुराना घरहरू, तला चढ्न भर्‍याङहरू, बालश्रमका दृश्यहरू, पानी नआउने धाराहरू, धारा नभएका पानीहरू र उपयुक्त पानीका धाराहरू अवलोकन गर्दै बढ्दै गर्दा जिग्मेलामाजीसँग भेट भई चियापान गरियो ।

    ‘टुरिष्ट चेक पोष्ट’ र सार्वजनिक शौचालय हुँदै एकबजेतिर खाना खाने व्यवस्था गरिएको ठाउँमा पुगेर खाना खायौँ । वरिपरि जङ्गल नभै बुट्यानहरू थिए । चिसो प्रशस्तै थियो । भोक राम्रै लागेको बेलामा खाना बहुत स्वादिलो थियो । खानापछि धर्मशालाका विषयमा एकछिन छलफल गरी केही साथीहरू थकाइका कारण त्यहीं आराम गर्नुभयो । हामीहरू जिग्मेलामाजीका साथ छोइलिङ् गुम्बाको अवलोकन गर्दै आधा घण्टाको हिँडाइपछि वीरन्द्रतालमा पुग्यौँ । त्यस दृश्यले मलाई मनाङ् गाउँको ‘तिलिचो ताल’को स्मरण गरायो । तालको दायाँ भागतिर माथिबाट पैरो आई पुरेको थियो भने तालसम्म पुग्ने सहज बाटो पनि थिएन । तालसमेत घुम्न सकिने र घुमेर अर्कैतिरबाट गाउँ फर्कन मिल्ने हिसाबले बाटो निर्माण गर्नुपर्ने र पहिरोबाट पुरिन नदिने बन्दोवस्त मिलाउनुपर्ने ठहर गरियो ।

    ४:०० बजेतिर गाउँमा फर्केर चियापान गरी मुरली मकै खाँदै गाउँले दाजूभाइ, दिदीबैनीहरूसँग करिब ६:०० बजेसम्म समसामयिक विषयमा अन्तरक्रिया गरियो । चिसो बढी भएका कारण ‘ठहटो’ – ठण्डीहरण टोनिकको समेत सहारा लिई खाना खाएर वीरबहादुरजीको होटेलमा ४ जना र अर्को होटेलमा ६ जना गरी सुत्ने व्यवस्था मिलाइए बमोजिम कार्यान्वयन गरियो । फिलिमसम्म सँगै आएका टेलीफोन समबन्धी काम गर्ने भट्टराईजी पनि पुन: भेट हुनुभयो । हामीले शनिबारको हास्य टेली शृङ्खला ‘मेरी बास्सै’ हेरेर आराम गर्‍यौँ । तातोपानीमा भेट हुने आमा-छोरीले सामागाउँ पुग्न ६ दिन लाग्छ भनेपछि त्यसै बमोजिमको मनस्थिति बनाइएकोमा सोचेभन्दा सहज ढङ्गले आइपुगेको मनन गर्दै निद्रादेवीको शरण परेँ । वीरबहादुर एकजना शिक्षक भएपनि राम्रो हिसाबले होटेल सञ्चालन गरिरहेका रहेछन् भने सामाजिक कार्यमा पनि सक्रिय लाग्यो । साँझको अन्तरक्रियामा पनि उनैले स्वागत गर्दै गाउँका समस्त व्यहोरा अवगत गराएका थिए । जाडो ठाउँमा फिदरका टिम्बा सिरकभित्र सामागाउँको रात सानन्द बिताउने मौकामा कतिखेर निदाइएछ एकैचोटि बिहानमात्र आँखा खुलेथे ।

    तस्वीरमा व्यहोराहरू …

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.