गोरखा । होटलमा काम गर्ने युवतीलाई योन धन्दामा लगाएको आरोपमा गोरखा पालुङटारकी १ जना महिला पोखराबाट पक्राउ परेकी छिन । पक्राउ पर्ने पालुङटार नगरपालिका पालुङटार घरभई हाल पोखरा बस्दै आएकी ६० बर्षिया पार्बती काराखेती भएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
काराखेतीले होटलमा वेटरको काम दिने बहानामा १ जना युवतीलाई जबरजस्ती यौन धन्दामा लगाएको कास्की प्रहरीले आरोप लगाएको छ ।
काराखतीले ति महिलालाई साउन ६ गते पोखराको र्सिजना चोकमा रहेको होटलमा वेटरको काम दिने बहानामा जागिर दिएको र पछि जबरजस्ती यौनधन्दा गर्न लगाएको भनि पिडित महिलाबाट उजुरी परेपछी आरोपीत महिला काराखेतीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी श्रवणकुमार विकले बताए ।
आरोपित महिलालाई वडा प्रहरी कार्यालय बैदामले साउन १९ गते पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आरोपित महिलालाई मानव बेचबिखन तथा ओसारपसार कसूर शिर्षकमा मुद्वा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरीएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।



