गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारमा आजव वेवारिसे पुरुषको शव फेला परेको छ ।
गण्डकी गाउँपालिका–८ को बर्खेघाटस्थित त्रिशुली नदीको किनारमा शनिबार नाम, थर, वतन नखुलेको अन्दाजी ६० वर्षीय पुरूषको मृत्त शव फेला परेको गोरखा प्रहरी पुष्टी गरेको हो ।
स्थानियले शनिबार बिहान ९ः०० बजेको समयमा नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेको र प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार शव ताजै भएकोले केही दिन अगाडीको मात्र भएको र शवलाई गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।
बरामद शवका बारेमा जिल्ला भित्रको सबै प्रहरीको युनिटलाइ हुलिया सहितको जानकारी दिइएको पठाइएको पनि उनले बताए ।


