गोरखा । हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा गोरखाका ४ जना सहित ६ जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने ६ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।
बिरामी परेकाहरुमा गोर्खाका सेते तामाङ, पहलमान थापा, दलबहादुर आले र गुन्जमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका धादिङका प्रेमबहादुर घले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सबैलाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सिङ्गुस खाएकाहरुमा मुटु, छाती र सबै जीउ पोल्ने जस्ता लक्ष्णहरु देखा परेको छ ।




















