गोरखा । डिउटीका क्रममा गोरखाको प्रहरीलाई हातपात गरेको भन्दै ३ जना युबकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रक्सी सेवन गरेर प्रहरी माथी हातपात गरेको भन्दै शहिदलखन गाउँपालिका–६ घैरुङका ३० बर्षिय सन्तोष गुरुङ, ३९ बर्षिय लोक गुरुङ र २९ बर्षका रुजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गएको बुधबार राती १ बजेको समयमा रक्सी सेवन गरेर आपसमा झगडा गर्दै गरेका ति युवाहरलाई डिउटीमा बसेका प्रहरीले सम्झाईबुझाई गर्ने क्रममा उल्टै प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौच तथा हातपात गरे पछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
पक्राउ परेको तिनै जना बिरुद्व सार्वजनिक शान्ति बिरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
तिनै जना बिरुद्व प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



