काठमाडौ । मुस्लिम, मगर र तामाङ समुदायलाई अपमानजनक शब्द प्रयोग गरेकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ ।
पाण्डे पक्राउ परेको पुष्टी जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी नायब उपरिक्षक अनिल अधिकारीले दिएका हुन् ।
शुक्रवार जिल्ला अदालत काठमाडौले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिए पछी उनी बिवादमा तानिएकी थिइन् ।
उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनःले जिल्ला प्रहरी परिसर काठमाडौमा जाहेरी दिएका थिए ।
भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।




















