फाईल तस्बिर
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ भने एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।
भारतबाट नयाँ मूल्य आएका कारण आयल निगमले बुधबार बिहानदेखी लागुहुने गरी मुल्य समायोजन गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।
उता खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १ हजार ६६० मा झरेको छ ।




















