फाईल तस्बिर
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज १०ः३० बजे गोपनियता र शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री थापाले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी समेत गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ ।


