×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

जुम्लाको गुठीचौर रक्सी पिउन र बिक्री गर्न कार्ड अनिवार्य

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले रक्सी पिउन र बिक्री गर्न अनिवार्य कार्ड लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाको मदिरा नियन्त्रण कार्यविधि २०८० पारित गरेर कार्ड अनिवार्य गरेको हो ।

    गाउँपालिकाले सूचना जारी गर्दै मदिरा सेवन गर्न चाहनेहरु सबैलाई साउन महिना भित्रै कार्ड लिन समेत सूचित गरेको छ । घरमा आएका पाहुनाले रक्सी सेवन गर्न चाहेमा भने अतिथि मदिरा सेवा कार्ड लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

    रक्सीको बिक्री गर्नेका पनि पालिकाले इजाजत अनिवार्य गर्दै पालिकाले साउन महिना भित्रै इजाजत लिन पालिकाले आग्रह गरेको छ ।

    अब गुठिचौर गाउँपालिकामा सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५०० मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने भएको छ । तर रक्सी पसलमा अन्य सामान बिक्री गर्न पाइने छैन ।

    इजाजत पत्र प्राप्त मदिरा पसल मध्ये थोक बेच्नेले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म र खुद्रा पसलेले भने बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्र बिक्री गर्न पाउने गाउँपालिकाको सूचनामा उल्लेख छ ।

    रक्सी पिउने कार्ड पाएकाहरुले दैनिक १८० मिलिलिटर रक्सी वा एक बोतल बियर मात्र पिउन पाउने छन् ।

    पालिकाले पिउने कार्डको लागि वार्षिक ५०० र अतिथि कार्डका लागि प्रत्येक दिन १०० रुपैयाँ तिर्नुपर्छ ।

    पालिकाको नियम विपरीत गर्नेलाई पहिलो पटक एक हजार रुपैयाँ जरिवाना गरिने चेतावनी दिइएको छ । सोही व्यक्तिले पटक पटक नियम तोडेमा हरेक पटक दुई हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा उल्लेख छ ।

    मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा पहिलो पटक १० हजार र त्यसपछि २० हजारका दरले जरिवाना बढ्दै जाने गाउँपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.