गोरखा । गोरखाको मुलाबारीबाट बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ मुलाबारीका रामबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको हो ।
नेपालीले सोही स्थानकी २७ बर्षिया ‘ख’ कुमारीलाई (हाल नाम परिवर्तन)लाई गएको शनिबार राती ११ बजेको समयमा विभिन्न डर–त्रास, धाक–धम्की दिदै जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरीमा निवेदन दिईएकी थिइन ।
पिडितको निवदेन लगत्तै नेपालीलाई साउन १५ गते अर्थात सोमबार पक्राउ गरी निज उपर जबरजस्ती करणी कसूर शीर्षकमा मुद्वा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ एवं सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेका नेपालीलाई सोमबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
गोरखा प्रहरीमा यो आर्थिक बर्ष लागेको पहिलो १५ दिनमा जबरजस्ती करणी शीर्षकमा २ वटा मुद्वा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।



