गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले राष्ट्रिय परिचयपत्र लिन आउन आग्रह गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै परिचय पत्र लिन आउन भनेको हो ।
कार्यालयले सूचना जारी गदैै मोबाइलमा एसएमएस आएकाहरुले परिचय पत्र लिन आउन भनेको छ । आज जारी सूचनामा ‘गोरखाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनु भएकाहरुको आफ्नो मोबाइल फोनमा परिचयपत्र लिने सम्वन्धी एसएमएस प्राप्त भएको भए कार्यालय समय’ सम्र्पक राख्न आउन भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाद्वारा हस्ताक्षरीत सूचनामा परिचयपत्र लिन आउदा ‘आफुले बिवरण दर्ता गराउदा लिएको आवेदन रुजु भरर्पाइ लिइ स्वयम उपस्थित’ हुन र ‘आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरि दिनुहुन सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ भनिएको छ ।
कार्यालयमा आजसम्म जिल्ला भित्रका १ लाख ५० हजार भन्दा बढी मानिसले बायोमेट्रिक डाटा भरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषाले जानाकारी दिए । उनका अनुसार हालै मात्र जिल्लामा करिब २४ हजार ब्यक्तिको राष्ट्रिय परिचय पत्र प्राप्त भएको छ ।





















