गोरखा । भीमसेनथापा गाउँपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले गत आर्थिक बर्षमा पालिका अन्तरगतका बिभिन्न शाखाहरुले गरेका कामका बिषयमा कार्यक्रममा समिक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका सवै विषयगत शाखाका प्रमुख एवं उपशाखा प्रमुखहरुले संघ र प्रदेश सरकारबाट सञ्चालित वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गएको २०७९ श्रावणदेखि २०८० असार मसान्तसम्म बार्षिक नीति कार्यक्रम तथा बजेट मार्फत तर्जुमा गरिएको कार्यक्रम अनुरुप प्राप्त अख्तियारी भित्र रही शाखाहरुले योजना बजेट कार्यक्रममा सम्वन्धमा प्रतिवेदन प्रस्तुत गरी सोही प्रतिवेदनमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।
समिक्षा कार्यक्रममा चालु आव २०८०/०८१ का योजनाहरु समेत प्रस्तुत गरी सोही बमोजिम कार्यक्रम सञ्चालन गर्ने गरी रणनीति समेत बनाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा उपाध्यक्ष अमृता देवी वस्ती भट्ट, वडाध्यक्षहरु, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, अन्य जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।




















