कैलाली । कैलालीमा ट्याक्टरले ठक्कर दिएका प्रहरी जवानको ज्यान गएको छ । आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१–०११ प ७३२० नम्बरको मोटरसाइकलमा सवार जवानलाई सुपप्र ०१–००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
उक्त ट्याक्टरको ठक्करबाट महेन्द्रनगरमा कार्यरत नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी जवान कपिल कठायत गंभिर घाइते भएका थिए ।
घाइते कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति साढे ९ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए छ ।
मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउकाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी कुलदीप चन्दले बताए ।
घटनापछि ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।


