मुग्लिन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेका कारण बिहानैदेखी अबरुद्व भएको हो ।
गाडीको चाप बढी भएकाले केही समयका लागि मात्र एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
केही बेरपछि पहिरो पन्छाउने कार्य पुनः जारी रहने सो कार्यालयले जनाएको छ ।


