गोरखा । गोरखा पालुङटारका १ जना युवक चोरीको मोटरसाइकल सहित राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१ खोप्लाङका २६ वर्सिय दिनेश गिरि भएको प्रहरी पुष्टी गरेको छ ।
राजधानीको गोलढुङ्गा बस्दै आएका गिरीले तारकेश्वर नगरपालिका–५ गुम्बाबाट चोरीको मोटरसाइकल सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश ३–०२–०१० प ७०८० नम्बरको पल्सर मोटरसाइकल गत वैशाख १७ गते मनमैजुबाट चोरी भएको थियो । मोटरसाइकल धादिङका बलराम श्रेष्ठको भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


