गोरखा । गोरखा सदरमुकाममा सिटी हल निर्माणको भएको ७ बर्ष बितिसक्दा समेत अझै पुरा हुन सकेको छैन । गोरखा नगरपालिका–७, नयाँबजारमा निर्माणभएको सिटी हल निर्माण कम्पनीको लापरर्वाहीका कारण लामो समय बित्दा पनि निर्माण सम्पन्न हुन नसकेको हो ।
रविना–डाँफे जेवी कम्पनीले २०७४ माघमा ३ बर्ष भित्रमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सिटी हल निर्माणको काम अहिलेसम्म ६० प्रतिसत मात्र सम्पन्न भएको संघिय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरज पौडेलले बताए ।
बेसमेन्ट, फाउण्डेशन निर्माणमा भिरालो जमिनका कारण कठिनाई भएकाले तोकेको भन्दाबढी समय लागेको र काममा ढिला भएको हो, उनले भने, ‘कोरोना संक्रमण र त्यसपछि आर्थिक मन्दीकसंगै सभाहलमा ट्रष्टको डिजाईन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाईन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुन पुगेको हो ।’
‘चौथो पटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए । ‘यदि म्याद थपिएको एक बर्ष भित्रमा पुरा हुनुपर्छ, पौडेलले भन्नुभयो, ‘सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक बर्ष समय मागेको छ ।’ गोरखा सदरमुकामको नयाँ बसपार्कमा झण्डै १२ रोपनी जग्गामा सिटी हल निर्माण भईरहेको छ ।
निर्माणाधिन सिटीहलमा ७६२ जना अट्न सक्ने क्षमताको रहेको छ । बालकुनीमा २०० जनाको क्षमता हो भने मुख्य हलमा ५६२ जनाको क्षमता भएको कार्यालयले जानकारी दिएको छ । सिटीहलमा मल्टीप्रपोज हल, बालकुने, ईलोक्टोनिक रुम, गाड रुम र शौचालय बनिसकेको छ ।
अबको एक बर्षमा भित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको छ । निर्माण कम्पनीलाई हालसम्म २२ करोड रुपैयाँ भुक्तानी भईसकेको संघिय आयोजन कार्यान्वयन ईकाई कास्कीले जनाएको छ ।
रबिना–डाँफे जेबी कम्पनीका प्रोजेक्ट मेनेजर श्रबणकुमार कुशुवाहले सबै काम लगभग अन्तिम चरणमा पुगेको र बाँकी स्टकचर दु्रत गतीमा काम भई रहेको जानकारी दिए । उनका अनुसार बेस्टमेन्ट र फाउण्डेशन ६÷७ महिना ढिलाई हुदा निर्माण सम्पन्न हुन ढिलाई भएको हो ।
ठेक्का सम्झौता भएपछि पनि चौथो पटक थपिएको म्याद समेत सकिनै लागेको छ । सिटी हल निर्माणका लागि कार्यालयले कम्पनीसंग ३० करोड ८० लाख ९० हजार ९३२ रुपैया ३२ पैसामा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र ठेकेदार कम्पनीले काम सम्पन्न गरीसक्नु पर्ने थियो ।







