काठमाडौं । आज राजधानीको चन्द्रागिरीमा भ्यान दुर्घटना हुदा चालक सहित २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चालक २० वर्षीय नमराज भएको बताइएपनि हालसम्म दुवै जनाको एकिन नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
चन्द्रगिरी नगरपालिका–४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा. १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब २०० मिटर तल खसेर थियो ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।




















