काठमाडौं । कानून व्यवसायी भगवती पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा तामाङ, मुस्लिम र मगर समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।
उनीविरुद्ध कुमार सिंह घिसिङ र ज्ञानेन्द पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।
पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनको खोजी थालेको छ ।



