मुग्लिन । मुग्लिङ–नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ ।
कालिखोला र आसपासका स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार बिहान ७ बजेदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ भने बाटो अवरुद्ध भएपछि सवारी साधनका लाम लागेका छन् ।




















