गोरखा । गोरखामा ३० बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २७ बर्षका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–६ गाईखुर निवासी नरेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तामाङले सोही स्थानमा बस्ने क कुमारी (नाम परिवर्तन)लाई डर–त्रास, धाक–धम्की दिदै जबरजस्ती करणी गरेको भन्दै पिडित मार्फत प्रहरीमा साउन ५ गते शुक्रबार उजुरी परेको थियो ।
उजुरी दर्ता भए लगत्तै आरोपित तामाङलाई प्रहरीले सोही दिन पक्राउ गरी आज जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी म्याद थप गरी प्रहरीको हिरासतमा राखि थप अनुसन्धान सुरु गरीएको गोरखा प्रहरीले जनाएको छ ।




















