काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीले उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरेको जनाएको छ ।


