गोरखा । बज्र मनास्लु अन्तरर्गत रहेको रोटरी र रोट्याक क्लब अफ गोरखाको पदस्थापन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । दुवै क्लबको शनिबार गोरखा सदरमुकाममा पदस्थापन कार्यक्रम सम्पन्न भएको रोटरीका अध्यक्ष शिशुबावु प्रधानले जानकारी दिए ।
अग्रेजी बर्ष २०२२/०२३ ले बर्ष २०२३/०२४ अन्तरर्गत नयाँ चयन भएको दुवै क्लबको पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका थिए ।
बर्ष २०२३/०२४ का लागि रोटरी क्लब अफ गोरखाका अध्यक्ष शिशुबावु प्रधानलाई निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले प्रधानलाई कलर तथा ग्याबेल हस्तान्तरण गरेका थिए ।
त्यस्तैगरी, रोट्याक क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी रेग्मीले बर्तमान अध्यक्ष सन्दिप बयलकोटीलाई कलर तथा ग्याबेल हस्तान्तरण गरेका थिए ।
हालै निर्वाचित रोटरीका पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, प्रेसिडेन्ट ईलेक्ट सुमेन्द्र श्रेष्ठ, प्रेसिडेन्ट नोमेनी बिनोद अर्याल, भाइस प्रेसिडेन्ट राजुबावु लामिछाने, सचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा दामोदर घिमिरे चयन भएका छन् ।
समितिका अन्य पदाधिकारी अन्तरर्गत सहसचिवमा भोलाप्रसाद मरहट्टा, एडमिन चेयर सुजन श्रेष्ठ, टिआरएफ चियर किरणबावु श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियर नोखबहादुर बोगटी, पब्लिक इमेज चियर गणेश श्रेष्ठ, मेम्बरसिप ग्रोथ चियर गोकर्ण राना मगर, कार्यकारी सुवासबावु श्रेष्ठ, लिटरेसी चियर बुद्विबहादुर खत्री र सर्जन एट आममा कृण्णमान श्रेष्ठ चयन भएका छन् ।
उता रोट्याक क्लब तर्फ अध्यक्षमा सन्दिप बयलकोटी, निवर्तमान अध्यक्ष लक्ष्मी रेग्मी, भाईस प्रेसिडेन्ट प्रकाश श्रेष्ठ र रिमा खत्री, सचिव झलक अर्याल, सहसचिव अजित सुनार र कोषाध्यक्ष प्रदिप थापा र सहकोषाध्यक्षमा मनिषा अधिकारी चयन भएकी छिन् ।
त्यस्तैगरी, प्राजेक्ट चियर सोहन रोका, क्लब एडमिन चियर रोहन थापा, प्राफेसनल डेभलप्मेन्ट चियर प्रभा अधिकारी, ईन्टरनेशनल रिलेसनसिप चियर समिक्षा भण्डारी, मेम्बर सिप ग्रोथ चियर सुनिता कायस्थ, पब्लिक ईमेज चियर देवराज भट्टराई र एजिटी एट आर्ममा आस्था श्रेष्ठ चयन भएकी छिन् ।
क्लबको पदस्थापन कार्यक्रममा पूर्व डिष्ट्रीक गर्भनर संजय गिरी, निवर्तमान डिष्ट्रीक गर्भनर जितेन्द्रबहादुर राजभण्डारी, डिष्ट्रीक गर्भनर नोमिनी बिनोद कोइराला र गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरको समेत उपस्थिती रहेको थियो ।
दुवै क्लबले जिल्ला भित्र स्वास्थ्य तथा शिक्षा क्षेत्र तथा सामाजिक काम गर्दै आएकाे छ ।




