गोरखा । जननायक बिशेश्वर प्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर गोरखामा बृक्षारोपण गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाको आयोजना स्मृति दिवसको अवसरमा गोरखा नगरपालिका–५ स्थित चिल्ड्रेन पार्क क्षेत्रमा बृक्षारोपण गरिएको नेपाली काग्रेस गोरखाले जनाएको छ ।
दिवसको अवसरमा चिल्ड्रेन पार्क क्षेत्रमा बिभिन्न प्रजातीका बिरुवा रोपिएको हो । काँग्रेसले बिपिको सम्झनामा चिल्ड्रेन पार्क क्षेत्रमा रहेको मन्दिरको संरक्षण र सम्बद्र्धन गर्नका लागि मन्दिर वरिपरि १५ वटा भन्दा बढी धुपीका विरुवा रोपिएका जनाएको छ ।
पार्क क्षेत्रमा फुलप्रजातीका धुपी, काठ प्रजाती लगायत बिरुवा रोपण गरिएको काँग्रेस गोरखाले जनाएको छ ।
बृक्षारोपण कार्यक्रममा नेपाली काग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, सचिव कृष्णबहादुर आलेमगर, किशोरजंग थापा, पार्टीका जिल्ला कार्यसमिति सदस्यहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



