गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
सदरमुकाममा रहेको एमाले पार्टी कार्यालयलमा भएको अधिबेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा सुरेन्द्र थापा, महिला उपाध्यक्ष स्वतिका बानियाँ, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा अनिष घलेलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी नेपाल गोरखा जिल्लाका इन्चार्ज किरण लोहनीले जानकारी दिए ।
नवगठित समितिको सदस्यहरुमा नजिरा मियाँ, दिपेश घले समिति सदस्यमा चयन भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामशरण बस्नेतले प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सदस्य रामकृष्ण ज्ञवाली, एमाले गण्डकी प्रदेश कमिटी सदस्य कमल दानी, पार्टी जिल्ला कमिटी उपाध्यक्ष कृष्ण नेपाली, प्रेश चौतारी गण्डकी प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेल, पूर्वकेन्द्रीय सदस्य भिमलाल श्रेष्ठ, चौतारीका प्रदेश कमिटि सदस्य उद्धव कुमाल तथा प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज किरण लोहनीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने यसअघि जिल्लामा कार्यावाहाक अध्यक्ष थिए ।


