साँकेतिक तस्बिर
जुम्ला । अज्ञात समूहले जुम्लाको गुठीचौरमा रहेका मघ्ये ७ वटा घरमा आगजनी गरेको छ ।
गुठीचौर गाउँपालिका–४ मा रहेका मघ्ये ७ घर र १ वटा ट्याक्टरमा शुक्रबार राति आगजनी गरेको जुम्ला प्रहरीले जनाएको छ ।
आगजनी कसले र किन गर्यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए । न्यौपानेका अनुसार उक्त समूहको खोजी ब्यापक रुपमा भइरहेको छ ।
उक्त समूहले धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा आगजानी गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको प्रहरीले जनाएको छ ।



