गोरखा । गोरखाको छेवेटार बजारमा बिना कारण बुद्विमान लामालाई सामूहिक रुपमा कुटपिट गरेको भन्दै प्रहरीले ४ जना युवाहरुलाई प्रक्राउ गरेको छ ।
पालुङटार नगरपालिका–१० मिरकोट घर भई गोरखा नगरपालिका–१०, छेवेटारमा बस्दै आएका ३६ बर्षिय लामालाई ढुङा र हेलमेटले निर्धात कुटपिट गरेको भन्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक मुद्वा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
लामालाई समूहिक रुपमा कुटपिट गर्ने गोरखा नगरपालिका–९ घर भएका ३६ बर्षका सन्तोष बस्नेत, २४ बर्षका राजन कुँवर, वडा नम्बर १० घर भएका ३६ बर्षका विवस बानियाँ र वडा नम्बर ४ फिनाम घर भएका दिवस बानियाँलाई पक्राउ गरी मुद्वा चलाएको श्रेष्ठले जानकारी दिए ।
लामालाई उनीहरुले ज्यान मार्ने धाक–धम्की दिनुका साथै लात्ती, मुक्का, ढुङ्गा र हेलमेटले समेतले प्रहार गरी घाईते बनाएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु बिरुद्ध शुक्रबार नै जिल्ला प्रशासन कार्यालय गोरखामा अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रनाउ तथा सूचना अधिकारी श्रेष्ठले बताए ।
गएको बुधबार साँझ करिब ८ बजेको समयमा उनीहरुले लामालाई सामूहिक आक्रमण गरी घाइते बनाएका थिए ।




















